Section 19
विद्युत सेवा बन्द गर्न सकिने

देहायको अवस्थामा विद्युत सेवा बन्द गर्न सकिनेछ :–
(क) विद्युत सम्बन्धी उपकरण तथा लाइनको जाँचबुझ, मरम्मत वा अन्य कुनै महत्वपूर्ण काम गर्नु परेमा,
(ख) बाढी, पहिरो, आगलागी, भुइँचालो जस्ता दैवी प्रकोप वा हडताल, तालाबन्द, दङ्गा वा अन्य यस्तै काबु बाहिरको कुनै असाधारण परिस्थिति आइपरेमा,
(ग) कुनै ग्राहकले बुझाउनु पर्ने महशूल र अन्य दस्तूर नबुझाएमा त्यस्तो ग्राहकको हकमा,
(घ) कुनै ग्राहकले अनधिकृत तवरले विद्युत उपभोग गरेमा वा शर्त विपरीत विद्युत सेवा उपभोग गरेमा त्यस्तो ग्राहकको हकमा ।